ad ad

कला


बुनु श्रेष्ठको देशभक्तिपूर्ण गीत ‘लहरोस् चन्द्र सूर्य झण्डा’ सार्वजनिक (भिडियो)

बुनु श्रेष्ठको देशभक्तिपूर्ण गीत  ‘लहरोस् चन्द्र सूर्य झण्डा’ सार्वजनिक (भिडियो)

नेपालखबर
माघ १०, २०७७ शनिबार ७:४,

गायिका बुनु श्रेष्ठको स्वर रहेको ‘लहरोस् चन्द्र सूर्य झण्डा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

सार्वजनिक गीतमा डाक्टर गोविन्द टन्डनको शब्द तथा राजनराज सिवाकोटीको संगीत रहेको छ भने साहास शाक्यको एरेन्ज रहेको छ।

 देशप्रेमको भावनाले ओतप्रोत भएको सार्वजनिक गीतमा गायिका बुनु श्रेष्ठलाई नै फिचर्ड गरिएको छ। गायिका श्रेष्ठले दुःखसुखमा कहिले आफ्नो देशलाई भुल्न नसकिने भन्दै विश्वमा जहाँ भएनि देशको गुन भुल्न नहुने भन्दै गीतमार्फत सन्देश दिन खोजेको बताइन्।

अनिल कटवालको छायांकन तथा सम्पादन गरिएको भिडियोमा बिनुप सुनुवारको कोरियोग्राफी रहेको छ। भिडियोलाई गायिका श्रेष्ठले नै निर्देशन गरेकी हुन्।

स्टुडियो साउन्ड मिलको अफिसियल युटयुब च्यानलमार्फत सार्वजनिक गीतमा महेश्वरमान राजभण्डारीको रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .