ad ad

कला


मिसेस् तामाङको उपाधि आकृति तामाङलाई

मिसेस् तामाङको उपाधि आकृति तामाङलाई

नेपालखबर
पुस १६, २०७७ बिहिबार ८:२५,

 आकृति तामाङले सन् २०२० को मिसेस् तामाङ ताज पहिरिएकी छन्।

एसके इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको मिसेस् तामाङ प्रतियोगितामा आकृतिले ताजसँगै मिसेस् पपुलर र मिसेस पर्सनालिटीको टाइटलसमेत जित्न सफल भएकी हुन्।

त्यसैगरी क्रान्ति लामा योञ्जन फर्स्ट रनरअप, पब्लिक च्वाइस् र मिसेस कन्फिडेन्ट, मिना कुमारी तामाङ, सेकेन्ड रनरअप र मिसेस फ्रेन्डली, मुना तामाङ थर्ड रनरअप र बेस्ट वाल्कको उपाधि जित्न सफल भएका छन्।

No description available.

बागमती प्रदेशकी उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यमा राजधानीमा सम्पन्न भएको उक्त प्रतियोगितामा विसेष अतिथिहरु पूर्वमन्त्री पर्शुराम तामाङ र धन बहादुर घले रहेका थिए।

विगत ३ वर्षदेखि एसके इन्टरटेनमेन्ट प्रालिले मिसेस तामाङ आयोजना गर्दै आएको छ।

उक्त प्रतियोगिताको निर्णायकहरु केशव थापा, शान्ति वाइबा तामाङ, रोशन तामाङ, वीरेन्द्र वाइबा तामाङ र प्रमुख निर्णायकमा प्रभात तामाङ रहेका थिए।

प्रतियोगिताका बिजेताहरुले नगद रुपयाँ ५०, २५, १५ र १० हजारसहित विभिन्न उपहार समेत पाएका थिए।

तामाङ जातिको कला संस्कृति भेषभूषा, रीति–रिवाज एवं रहनसहनलाई उजागर गर्दै विवाहित गृहिणी÷व्यवसायिक तामाङ महिला दिदीबहिनीमार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।


प्रतियोगितामा भाग लिएका प्रतियोगीहरुले फेसन, कोरियोग्राफर रोजिन शाक्यमार्फत एक महिनासम्म विशेष प्रशिक्षण पाएका थिए।

प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसीइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको जानकारी आयोजक संस्थाकी अध्यक्ष शान्ता लामा तामाङले बताइन्।

प्रतियोगीहरुले आफूले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिस्पर्धा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा ट्रेनिङबाट सिकेका कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनु नै मुख्य लक्ष्य रहेको आयोजक शान्ता तामाङ बताउछिन।

यस सौन्दर्य प्रतियोगिताले बिवाहित तामाङ नारीबीच व्यक्तित्व विकास र आफूसँग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा एक प्रकारको सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी विश्वस्त छिन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .