ad ad

कला


‘कुली नम्बर १’ को पोस्टर सर्वजनिक, हेर्नुहोस् वरुण धवनका ५ रुप

‘कुली नम्बर १’ को पोस्टर सर्वजनिक, हेर्नुहोस् वरुण धवनका ५ रुप

नेपालखबर
मंसिर ११, २०७७ बिहिबार ८:४०,

वरुण धवन र सारा अली खान स्टारर फिल्म ‘कुली नम्बर १’ लामो समयदेखि चर्चामा रहेको छ।

पहिले हलमा प्रदर्शन गरिने भनिएको यो फिल्म हाल आएर अमेजर प्राइम भिडियोजमा रिलिज हुने भएको हो। फिल्मको ट्रेलर छिट्टै सार्वजनिक हुने बताइएको छ।

बरुणले फिल्मको ट्रेलर रिलिज हुने डेट सार्वजनिक गर्दै फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेका छन्।

 कुली नम्बर १ को सारा अली खानलाई परम्परागत रुपमा प्रस्तुत गरिएको छ भने वरुण धवनलाई पाँच ललग अलग रुपमा प्रस्तुत गरिएको छ। पाँचमध्ये एकमा महिला र अर्कोमा कुलीको रुपमा देखाएको छ भने अन्य तीनमा पनि भिन्दाभन्दै रुपमा प्रस्तुत गरिएको छ।

 वरुणले पोस्टर सार्वजनिक गर्दै लेखेका छन्, ‘ट्रेलर आउने समय नोट गर्नुहोस्र २८ नबेम्बर १२ बजे अमेजन प्राइम भिडियोज्को फेसबुक र युट्युब पेजमा यो भेटिन्छ।’

त्यस्तै साराले पोस्टर सेयर गर्दै लेखेकी छन्, ‘मनोराञ्जनको गज्जबको सुरुवात, कुली नम्बर १ सँग पहिलो भेटघाट, ट्रेलरका लागि रहनुहोस् तयार।’

यो फिल्मलाई डेविड धवनले निर्देशन गरेका हुन्। यो उनको ४५ औँ फिल्म हो।

यसअघि १९९५ मा यसै नामको फिल्म आएको थियो। जसको धवनले नै निर्देशन गरेका थिए। यो फिल्ममा गोविन्द र करिष्मा कपुर प्रमुख रोलमा थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .