बजारमा धेरैजसो कालकारको मात्रै चर्चा हुने गर्दछ। उनीहरुको सफलता, असफलतासँग जोडेर अनेकौँ चर्चा पनि हुने गर्दछ। उनीहरुको प्रेम, अफयर, रोमान्स आदि पनि चर्चाको विषय बन्दछ। बलिउडका धेरैजसो कलाकारका श्रीमतीको आफ्नो पतिसँग नाम जोडेर मात्र चर्चा हुने गर्दछ।
तर बलिउडमै चर्चामा नआएका केही कलाकारका श्रीमतीहरु पनि छन् जो आफ्नो छुट्टै व्यवसाय गरेर श्रीमानका भन्दा बढी आम्दानी गर्ने गर्दछन्। सबै कलाकारका श्रीमती पार्टी , यश आरामका भोका हुन्छन् भन्नेमात्रै हुँदैनन भन्ने यी कलाकारका श्रीमतीहरुले पुष्टि गरेका छन्।
बलिउड अभिनेता बबी देवलकी श्रीमती तान्या देवल करोडौँ सम्पत्तिकी मालिक्नी हुन्। उनी कमै चर्चामा आउन मन पराउँछिन्। उनको आफ्नै फर्निचर र घर सजावटको बिजनेस छ। उनले इन्टिनियर डिजाइनरको कोर्स पूरा गरेकी छन्। साथै उनी फिल्मको पोशाकको डिजाइनसँग पनि जोडिएकी छन्। उनको नाम उनको पिता देव आहुजाको सम्पत्तिलाई पनि लिएर चर्चामा आउछ। उनका पिता विभिन्न २० फाइनान्स कम्पनीका प्रमुख रहेका थिए।
‘गंगाजल’को आइटम गीत र के आरकेका साथ ‘देशद्रोही’ जस्तो सी ग्रेडको फिल्ममा सीमित रहेकी मान्यता दत्तको फिल्म क्यारियर सीमित रहेको थियो। पहिलो विवाह असफल भएपछि उनले सञ्जय दत्तसँग दोस्रो विवाह गरिन्। विवाहको केही समयमै सञ्जय परेपछि उनी एक्लै बनिन्। सञ्जय जेलबाट बाहिर आएपछि उनको व्यवसायिक करिअर सुरु हुन्छ। उनी सञ्जय दत्त प्रोडक्सनको सीईओ हुन्। उनले मराठी फिल्म ‘बाबा’ र तामिल फिल्म ‘प्रस्थानम्’को रिमेक समेत निर्माण गरिसकेकी छन्। अहिलेसम्म उनले ५ वटा फिल्म निर्माण गरिसकेकी छन्।
उनले सञ्जयको बंगला बेचेर नयाँ बिल्डिङ समेत बनाएकी थिइन्। सञ्जय आर्थिक संकटमा पर्दा समेत उनले भरथेग गरेकी थिइन्।
सुनिल सेट्टीकी श्रीमती मोनिशा कोदारी अर्थात माना सेट्टी लेडी आम्बानीका रुपमा परिचित छिन्। उनी सुनिलले भन्दा कयौँ गुणा ज्याद कमाइ गर्दछिन्। सुनिल फिल्मका अलवा एक रेस्टुँरा चलाउछन् भने उनकी श्रीमतीको ठूलो बिजनेस छ।
उनको लाइफ स्टार स्टोर्स मुम्बइका सेलिब्रिटी जगतमा निकै चर्चामा रहेको छ। जसको नाम हो आर हाउस। उसमा सजावटमा लक्जरी आइटम र महँगा गिफ्ट पाइन्छ। अन्त नपाइने धेरै विदेशी ब्राण्डहरु यो हाउसमा सजिलैसँगै पाइन्छ।
त्यस्तै बलिउड अभिनेता सोहेल खानकी श्रीमती सीमा सचेदव खान पेशाले फेसन डिजाइनर हुन्। उनले सञ्जय कपुरकी पत्नी महिप कपुर र सुजैन खानसँग मिलेर बान्द्रमा ठूलो लक्जरी ‘बान्द्रा १९०’ नामक बुटिक सञ्चालनमा ल्याएकी छन्। मुम्बइमा पनि उनको ब्युटी स्पा र शैलुन पनि सञ्चालनमा छ। उनले केपी फिल्म तथा सिरियलमा लुक्स डिजाइन समेत गरेकी छन्।
त्यस्तै बलिउड अभिनेता सञ्जय कपुरकी पत्नी महिप कपुर आइटम गर्लबाट बिजनेस वुमन बनेकी छन्। अस्ट्रेलियामा पढेकी रु उतै हुर्किएकी उनी ‘निगोडी कैसी जवानी है’ गीतमा आटम गर्लको रुपमा काम गरेकी थिइन्। फिल्ममा असफल भएकी उनी त्यसलगत्तै सञ्जय कपुरसँग विवाह गरिन्। अहिले उनी ज्वैलरी डिजाइनरका रुपमा चर्चित छन्।
सोहन पत्नी सीमाका साथ ‘बान्द्रा १९०’ नामक बुटिक सञ्चालनमा ल्याएकी उनको शाहरुख पत्नी गौरीसँग समेत सहकार्य गरेकी छन्। अहिले सञ्जय फिल्ममा कमै देखा पर्दन तर पनि उनको जीवनशैली निको शानदार रहेको छ। यसको कारण पत्नी महिपको व्यापार रहेको बताइन्छ।
Shares
प्रतिक्रिया