श्रद्धा कपुर स्टारर बलिउड फिल्म ‘स्त्री २’ ले नयाँ रेकर्ड कायम गरेको छ। यस फिल्मले भारतीय बक्सअफिसमा ६०० करोड भारतीय रुपैयाँको आकंडा पार गरेको हो।
योसँगै ‘स्त्री २’ ६०० करोड भारु कमाउने पहिलो हिन्दी फिल्म बनेको छ। फिल्मले प्रदर्शनको ३९ दिनमा यो उपलब्धि हासिल गरेको हो।
यसअगावै यस फिल्मले शाहरुख खानको फिल्म ‘जवान’ को रेकर्ड तोडेको थियो। ‘जवान’ ले ३५ दिनमा ५६४ करोड करोड भारु कमाउँदा ‘स्त्री २’ ले ३४ दिनमा ५८६ करोड भारतीय रुपैयाँको व्यापार थियो।
भारतीय बक्सअफिसमा ६०५ करोड कमाएको यस फिल्मले विश्वभर भने साढे ८०० करोड भारु ग्रस कलेक्सन गरिसकेको छ। हिजो आइतबार मात्रै यस फिल्मले ५ करोड भारु कमाइ गरेको थियो।
यो फिल्म २०१८ को हिट हरर कमेडी चलचित्र ‘स्त्री’ को सिक्वेल हो। ‘स्त्री २’ को श्रद्धा कपुरसहित राजकुमार राव मुख्य भूमिकामा छन्। पंकज त्रिपाठी, अपारशक्ति खुराना र अभिषेक बनर्जी पनि आफ्नो पुरानो भूमिकामा छन्।
‘स्त्री २’ लाई ‘स्त्री’ बाट निर्देशनमा डेब्यू गरेका अमर कौशिकले निर्देशन गरेका हुन्।
Shares
प्रतिक्रिया