ad ad

कला


रामशरणद्वयको मौलिक लोक गीत ‘घैया मकै’ (भिडियो)

रामशरणद्वयको मौलिक लोक गीत ‘घैया मकै’ (भिडियो)

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार ९:४४,

शिवपुरी म्युजिक प्रालिले फेरि अर्को मौलिक लोक दोहोरी गीत भर्खरै बजारमा ल्याएको छ। उक्त गीत रामशरण आले र रामशरण ढकालको संयुक्त प्रस्तुतिमा ‘घैया मकै’ बोलको रहेको छ।

यस गीतका प्रस्तुतकर्ता रामशरण आले अहिले नेपाल प्रहरीमा कार्यरत रहेका छन्। उनले यस अघि पनि थुप्रै गीतहरुमा आफ्नो सिर्जना तथा सुमधुर स्वर मिश्रण गरेर बजारमा पठाईसकेका छन्। त्यसैगरी अर्का प्रस्तुतकर्ता रामशरण ढकालले पनि थुप्रै गीतहरुमा काम गरिसकेका छन्।

रामशरण आले, रामशरण ढकाल र काब्य आचार्यको सुमधुर स्वरबाट सजिएको यस गीतलाई शब्द उनै प्रतिभाका खानि शम्भु नेपालले भरेका हुन्।

सर्जक शम्भु पछिल्लो समयमा बजारमा आएका केही गीतहरुबाट समाजमा बिकृति फैलाई रहेकोले हुनाले यस्ता विकृतिजन्य गीतहरुलाई निरुत्साहित गर्नका निमित्त बिभिन्न मिडिया मार्फत आफ्नो आवाज बुलन्द गरिरहने एक निडर बक्ता पनि हुन्। उनीद्वारा सिर्जित गीतहरु पनि धेरै बजारमा आइसकेका छन्।

यस गीतको म्युजिक भिडियोमा प्रकाश तामाङ्ग ‘राज’ आरुषी मगर, दिपेश ढकाल र सुजाता भट्टराईको साथै बालकलाकार पृथ्वी आले र शितल राणाको पनि आकर्षक नृत्य सहितको अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशन निरेन श्रेष्ठले गरेका हुन् भने छायांकन मुकेश हुमागाईं र सम्पादन डबिड सिलुवाल सितारामले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .