ad ad

कला


बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि चक्कु आक्रमण, तीन ठाउँमा गम्भीर चोट

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि चक्कु आक्रमण, तीन ठाउँमा गम्भीर चोट

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार १०:३२,

बलिउड अभिनेत्री माल्वी मल्होत्रामाथि धारिलो हतियारले आक्रमण भएको छ।

केही सिरियल, टेलिभिजन शो ‘उडान’, म्युजिक भिडियो ‘तु मिला’ र ‘होटल मिलन’ जस्ता चलचित्रमा अभिनय गरेकी माल्वीमाथि उनकै पुरानो साथीले आक्रमण गरेको भारतीय सञ्चारमाध्यले जनाएका छन्।

उनीमाथि सोमबार राति तीन पटकसम्म चक्कु आक्रमण भएको र उनको अहिले धीरूभाइ  अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था खतराबाहिर रहेको बताइएको छ।

सुरुमा उनको पेटमा आक्रमण भएको र त्यसपछि आक्रमणकारीले उनको मुहारलाई निशाना बनाएको थियो। उनले आफ्नो मुहार छोप्ने क्रममा दुबै हातमा गम्भीर चोट लागेको बताइएको छ।

उक्त आक्रमण एकतर्फी प्रेमका कारण भएको प्रहरीले जनाए पनि त्यसबारे भने औपचारिक पुष्टि हुन बाँकी रहेको छ। माल्बीलाई लामो समयदेखि एकतर्फी प्रेम गर्दै आएका ती व्यक्तिले नै उनीमाथि आक्राण गरेको हुनसक्ने प्रहरीले जनाएको छ।

यसबारे मुम्बई, वर्सोवा पुलिस थानामा उजुरी समेत दर्ता भएको र प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .