ad ad

कला


ऋचा भन्छिन्: टेक्नोलोजीले विकसित भयौ तर सोचले अझै पिछडिएका छौं

ऋचा भन्छिन्: टेक्नोलोजीले विकसित भयौ तर सोचले अझै पिछडिएका छौं

नेपालखबर
असोज २२, २०७७ बिहिबार १३:४६,

अभिनेत्री ऋचा शर्माले साना बालिकाहरुमाथि हुने यौन हिंसाका घटनामा कडा कानुन आवश्यक रहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा खुला पत्र लेखेकी छिन। 

सामाजिक सञ्जाल फेसबुकमार्फत एक पत्र सार्वजनि गर्दै उनले यो देशमा नारीहरु सुरक्षित छन? भनि प्रश्न गरेकी छिन्।

हेर्नुहोस् पूरा पत्र:

आदरणीय प्रधानमन्त्री ज्यू,
एउटा अभिनेत्री बाहेक, यो देशलाई माया गर्ने चेली, एउटा नारी भएकोले हिजोआज आफैलाई लाज लाग्न थालेको छ, डर लाग्न थालेको छ, मन आत्तिन थालेको छ। ती अबोध बालिकाहरूको कल्पना मात्रैले पनि छाती पोलेर आउँछ। मलाई भोलीको दिनमा मेरो छोरी जन्मिएला भन्ने डर लाग्न थालेको छ। मलाई छोरीको लागि सुरक्षित ठाउँ बनाउन नसकुला कि भन्ने डर लाग्न थालेको छ। मलाई भोली छोरा पाउन नि डर लाग्न थालेको छ। मैले जति सँस्कार र अनुशासन सिकाउन खोजे पनि, यो देश र यहाँको कानूनले केही नगर्ने रहेछ भन्ने मनस्थितिमा हुर्किन्छ कि भन्ने पीर पर्न थालेको छ। दिनहुँ स-साना नाबालकहरुलाई पनि बलात्कार गर्ने भक्षकहरु या त खुलेआम हिडेको या ढाकछोपले सामान्य जरिवाना र गन्न मिल्ने जेलका दिनहरु बिताएको देख्दा, एउटा नारी भएको हिजोआज आफैलाई लाज लाग्न थालेको छ। जून देशमा नारीलाई पुजिन्छ, जून देशमा सम्माननीय राष्ट्रपति स्वयं एक महिला हुनुहुन्छ, त्यस देशमा बलात्कार जस्तो जघन्य अपराधलाई, कानुन कार्यान्वयनक निकायहरूले यति सामान्य लिएको देख्दा हामी अझै सीताले अग्नि परिक्षा दिएको युगमै छौ झै लाग्छ। हामी टेक्नोलोजीले चाही विकसित भयौ तर अफसोस सोचले अझै पिछडिएका छौं। यहाँ बालिकाहरुलाई सम्म खुलेआम राक्षसहरुले भोग लगाउँदा, हामी कठैबरा मात्र भएका छौं। जनताको नभए पनि एकचोटी परिवारमा छोरी-नातिनीको आँखामा आँखा जुधाई भनि हेर्नुस, की यो देशमा उनीहरु सुरक्षित छन? म सरकारमा विश्वास राख्ने मान्छे, हिजोआज मेरा पैताला डगमगाउदैछन। बाँकी तपाईहरु बुझकी!
निवेदक एक आम नेपाली नारी
ऋचा शर्मा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .