वरिष्ठ गायक फत्तेमान राजभण्डारीको स्मृतिमा ‘फत्तेमान स्मृति प्रतिष्ठान’ स्थापना गरिएको छ।
प्रतिष्ठानको अध्यक्षमा नेपाल सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान रहेका छन् भने फत्तेमानकी जीवन संगिनी जमुना राजभण्डारी संरक्षक छन् ।
यस्तै छोराहरु रविन्द्र राजभण्डारी र जितेन्द्र राजभण्डारीलाई पनि संरक्षक राखिएको छ।
प्रतिष्ठानको उपाध्यक्षमा नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवन श्रेष्ठ, महासचिवमा समाजसेजवी रमेश प्रधान, कोषाध्यक्षमा नेपाल सांगीतिक संघका कोषाध्यक्ष बिमल श्रेष्ठ, सदस्यहरुमा श्याम स्मृत, सुप्रिया श्रेष्ठ, लोमस चापागाईँ, सुजाता वर्मा रहेका छन्।
गायक फत्तेमानको सातौं स्मृति दिवसका अवसरमा प्रतिष्ठान गठन गरिएको हो।
करिब ६ दशक लामो समयसम्म संगीतको सेवामा निरनन्तर समर्पित फत्तेमानको सात वर्ष अघि ७८ वर्षको उमेरमा निधन भएको थियो।
Shares
प्रतिक्रिया