ad ad

कला


युटुबको ट्रेन्डिङमा सरोज साजनको ‘माया नयनी ताल’ (भिडियो)

युटुबको ट्रेन्डिङमा सरोज साजनको ‘माया नयनी ताल’ (भिडियो)

नेपालखबर
भदौ १८, २०७७ बिहिबार ८:५०,

गायक सरोज साजन श्रेष्ठको नयाँ गीत ‘माया नयनी ताल’को म्युजिक भिडियो अहिले युटुबको ट्रेन्डिङमा रहेको छ।

गायक स्वयमको शब्द, संगीतमा रहेको लोक पप डान्सिङ फ्युजनमा तयार पारीएको गीतलाई नेपाली दर्शक श्रोताले अत्याधिक रुचाईरहेका छन्।

विधान कार्कीले निर्देशन गरेको भिडियोमा अहिलेका व्यस्त तथा चर्चित मोडेलहरु सुधिर श्रेष्ठ, रियाशा दाहाल र राम्रो सम्भावना बोकेका मोडेल सुशील रेग्मीको अभिनय रहेको छ।

भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन तथा सुरेन बसेलको कोरियोग्राफी रहेको छ भने दिपेन गौतमको निर्माण नियन्त्रणमा बनेको छ।

अहिलेको कोरोनाको महामरिमा सबैले घरमै बसेर भिडियोलाई हेरिदिन हुन र माया गरिदिनु हुन साथै घरमा नै आफ्नो परीवारसँग सुरक्षित साथ बस्न हुन आग्रह गर्छन् गायक सरोज साजन श्रेष्ठ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .