५८ वर्षका क्रुजले ५ लाख पाउन्डमा पानीजहाज भाडामा लिएको द सनले जनाएको छ।
कोरोना भाइरसबाट आफ्नो टोलीलाई जोगाउन र चलचित्र प्रोडक्सनमा भएको ढिलाई हटाउन टमले जहाज भाडामा लिएका हुन्।
यस क्रुज जहाजमा ५ सय जनाले यात्रा गर्नसक्ने बताइएको छ।
आगामी वर्षको नोभेम्बरमा टम अभिनित चलचित्र मिसन इम्पोसिबल रिलिज हुँदैछ। तर गत फेब्रुअरीदेखि यस चलचित्रको प्रोडक्सन रोकिएको बताइएको छ।
कोरोना प्रकोपबीच कलाकार तथा प्राविधिकलाई कोरोना लाग्ने सम्भावना भएको साथै कोरोना संक्रमण भए काममा ढिलाई हुने भएकाले सुरक्षित रहनका लागि टमले आफ्नो टोलीकै लागि जहाज भाडामा लिएका हुन्। एजेन्सी
प्रतिक्रिया