ad ad

कला


सुशान्तको आत्महत्याको विषयमा अनुसन्धान गर्न बिहारबाट मुम्बई गएका प्रहरीलाई क्वारेन्टिनमा राखियो

सुशान्तको आत्महत्याको विषयमा अनुसन्धान गर्न बिहारबाट मुम्बई गएका प्रहरीलाई क्वारेन्टिनमा राखियो

नेपालखबर
साउन १९, २०७७ सोमबार ८:२१,

बिहारका डीजीपी गुप्तेश्वर पाण्डेका अनुसार आइपीएस बिनय तिवारीलाई क्वारेन्टिनमा राखिएको हो।

बिहार प्रहरीको नेतृत्व गर्दै विनय आइतबार मुम्बई पुगेका थिए। सुशान्तको आत्महत्यापछि उनको पिता के.के सिंहले सुशान्तका प्रेमिका रिया चक्रवर्तीमाथि पटनामा उजुरी हालेका छन्।

रियाका कारण सुशान्तले आत्महत्या गर्नुपरेको के.के सिंहको भनाइ छ। मुम्बई प्रहरीले सुशान्त सिंह राजपुतको आत्महत्याको कारणबारे अनुसन्धान गर्न असहयोग गरेको अरोप लाग्ने गरेको छ।

यसबीचमा सुशान्तको गृहनगर बिहारबाटै प्रहरी मुम्बई पुगेका हुन्। बलिउडमा नातावाद र क्रिपावाद हाबी हुँदा सुशान्तले पाउने भनिएका प्रोजेक्टहरु खोसिएपछि उनले डिप्रेसनमा गएर आत्महत्या गरेको धेरै मानिसहरुले बताएका छन्।

कंगना रणावत र विवेक ओवरोयले पनि बलिउडमा नातावाद हाबी भएको प्रतिक्रिया जनाएका छन्। सुशान्त सिंहको मृत्युको विषयमा प्रहरीले करण जोहार, सन्जय लिला भन्साली, महेश भट्टजस्ता बलिउडकर्मीसँग अनुसन्धान गरिसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .