ad ad

कला


अन्जु पन्तको स्वरमा तीज गीत ‘आमाले नदुखाउनु मन’ (भिडियो)

अन्जु पन्तको स्वरमा तीज गीत ‘आमाले नदुखाउनु मन’ (भिडियो)

नेपालखबर
साउन ९, २०७७ शुक्रबार १०:१६,

गत वर्षहरु जस्तै यस वर्ष पनि नेपाली नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै बिभिन्न गीतहरु बजारमा आइरहेका छन्। यसै सन्दर्भमा मौलिक संस्कृति र परम्पराको जगेर्ना गर्ने उदेस्य सहित संगीतकार तथा गीतकार श्रीकृष्ण बम मल्लले आफ्नै शब्द संगीतमा सामाजिक यथार्थतासँग सम्बन्धित रहँदै नयाँ गीत सार्वजनिक गरेका छन्।

एक परिवारको सदस्य घरदेशबाट परदेश हुँदा र फर्किंदा कोरोना भाइरसको संक्रमित भएपछी क्वारेन्टिनमा उनको दैनिकी बित्छ। अनेकाै‌ं उपचार गर्दा पनि ति व्यक्तिले कोरोनालाई जित्न नसक्दा भएको मृत्यु तथा उक्त वियोगमा डुबेको परिवारको यथार्थतालाई गीतमा प्रस्तुत गरिएको छ।

गीतमा मोडल करिश्मा ढकाललाई बिधवाको भूमिकामा देखाइएको छ। आफ्नो श्रीमानको मृत्यु तीजकै समयमा भएपछी यस वर्षको तीज पर्व आफ्नो माइती परिवारसँग मनाउन नसकिएको बिलौना गीतको म्युजिक भिडियो देख्न सकिन्छ।

‘आमाले नदुखाउनु मन’ बाेलकाे गीतमा गायिका अन्जु पन्तको सुमधुर स्वर सुन्न सकिन्छ।

गीतको म्युजिक भिडियोलाई श्रीकृष्ण बम मल्लले नै निर्देशन गरेका हुन् भने छायांकन बिनोद खड्का र राजन केसीको साथै सम्पादन विकास ज्ञवालीले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .