तिम्ल्याहा डाक्टरका बाबु अर्थात् गायक शिव देवकोटाको ‘क्या दामी देखियौ’ बोलको तीज गीत सार्वजनिक भएको छ।
देवकोटाकै शब्द, संगीत र स्वर रहेको यो गीतमा गायिका देवी घर्तीको पनि स्वर सुन्न सकिन्छ। उक्त गीतको भिडियोमा मोडल पुजन घिमिरे र रमेश थापाले अभिनय गरेका छन्।
शिव बिकले कोरियोग्राफी गरेको उक्त भिडियोलाई शम्भू चालिसेले छायांकन गरेका हुन्। थली, डाँछीस्थित माउन्ट एभरेष्ट माविका प्रिन्सिपल समेत रहेका देवकोटाले वर्षेनी तीज गीत सार्वजनिक गर्र्दै आएका छन्।
गीतलाई एस थ्री के इन्टरटेनमेन्ट युट्युब च्यानलबाट बुधबार सार्वजनिक गरिएको हो। उनको यो दोस्रो तीज कोशेली हो। तीज बाहेक उनको २५ भन्दा बढी गीत बजारमा आइसकेका छन्।
गत वर्ष उनले तीजको बरिलै बोलको गीत ल्याएका थिए। उनका तिम्ल्याहा डाक्टर छोराहरू सौगात, सौजन, सौरज केही वर्षयता चर्चामा छन्।
साउन १, २०७६ बुधबार ९:१८
प्रतिक्रिया