ad ad

कला


नेपाली युवा दिवेश अमेरिकन आइडलको टप टेनमा

नेपाली युवा दिवेश अमेरिकन आइडलको टप टेनमा

नेपालखबर
बैशाख २२, २०७७ सोमबार ४:४७,

नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् गायन रियालिटी सो अमेरिकन आइडलको उत्कृष्ट १० (टप टेन) मा प्रवेश गरेका छन्।

जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनी ‘आर्थर गन’ का नामले चिनिएका दिवेश टप टेनमा उक्लिन सफल भएका हुन्। अमेरिकन आइडलको लाइभ सोमा उत्कृष्ट १० मा पुग्ने उनी पहिलो नेपाली बनेका छन्।

दिवेशले फेसबुकमार्फत आफू अमेरिकन आइडलको टप टेनमा पुगेको जानकारी दिँदै आफूलाई भोट गर्ने सबैलाई धन्यवाद दिएका छन्।

उनले आफ्नै घरमा आइतबार साँझ गितार बजाउँदै प्रस्तुति दिएका थिए। कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण आइडलका प्रतिस्पर्धीले घर-घरबाटै प्रस्तुति दिएका हुन्। 

दिवेशको प्रस्तुतिपछि निर्णायक लियानेल रिचीले निकै प्रशंसा गरे। दिवेशले जोन डेन्भरको गीत गाएको शैली वास्तवमै अकल्पनीय भएको उनले बताएका छन्।

कामाठाडैंमा जन्मिएका गायक पोखरेल सन् २०१३ मा अमेरिका पुगेका हुन्। यसअघि उनले न्यानो घर, मन, समुन्द्र पारि, कर्णाली, प्रलय ए, र प्रलय बीजस्ता गीत सार्वजनिक गरिसकेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .