पोखराका गीतकारहरु संगठित भएका छन्। पोखरामा क्रियाशील गीतकारहरुको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति रहेको गीतकार प्रतिष्ठान नेपाल गठन गरेसँगै उनीहरु संगठित भएका हुन्।
समितिको उपाध्यक्षमा शीतल गिरी, महासचिवमा अनुराग अधिकारी चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा बिर्सना बस्नेत, सचिवमा रुपिन्द्र प्रभावी तथा सदस्यहरुमा रेशम रचक, देवी त्रिपाठी, मिर्मिसा पराजुली, जीवन पण्डित, प्रकाश अधिकारी र लाल कार्की ‘अञ्जान’ चयन भएका छन्।
यसैबीच, प्रतिष्ठानको बैठकबाट सरुभक्त, तीर्थ श्रेष्ठ, प्रकट पगेनी ‘शिव’, डा. कृष्णहरि बराल र हरिदेवी कोइरालालाई सल्लाहकार चयन गरिएको छ।
प्रतिक्रिया