करणराज कार्कीको ‘गल्ती मेरो छैन २ः०’ बोलको गीत सार्वजनिक गरिएको छ।
एक दशकदेखि चर्चामा रहेको गीतको यो भर्सन 'करणराज कार्की’ युट्युब च्यानलमा शनिबार सार्वजनिक गरिएको हो।
गीतमा करणराजसँगै बुलेट फ्लो, रेश्मा पुन, ससिका राई र सारा अधिकारीको आवाज रहेको छ। गीतको शब्द र संगीत करणराज कार्की स्वयंले गरेका छन् ।
भव्य सेटमा तयार गरिएको म्युजिक भिडिओमा रिया तामाङ, कृपा श्रेष्ठ, हिटोक लामा, प्रीन्सु तामाङ, निशा पौडेल, सर्मी बिसी, अनिशा क्षेत्री, तनुजा मगरलगायतलाई देख्न सकिन्छ।
लामो समयदेखि नेपाली सङ्गीतमा रहेका कार्की चर्चित रियालिटी सो नेपाल आइडलदेखि भोइस अफ नेपालको म्युजिक डाइरेक्टरका रूपमा आफ्नो भूमिका निर्वाह गरिरहेका छन्।
96
Shares
प्रतिक्रिया