ad ad

कला


चौथो संस्करणको मिति घोषणा गर्दै काठमाडौँ-कलिङ साहित्य महोत्सव सम्पन्न

चौथो संस्करणको मिति घोषणा गर्दै काठमाडौँ-कलिङ साहित्य महोत्सव सम्पन्न

नेपालखबर
भदौ २४, २०८१ सोमबार १२:४५, काठमाडौँ

काठमाडौँ कलिङ साहित्य महोत्सवको तेस्रो संस्करण सकिएको छ।ललितपुरस्थित होटल हिमालयमा २ दिनसम्म चलेको महोत्सव ‘नेपालः द गेटवे टु एशियन आर्ट, कल्चर एण्ड लिटरेचर’ भन्ने मूल नाराका गरिएको थियो। 

समापनकै दिन चौथो संस्करणको घोषणा गरिएको छ। काठमाडौँ कलिंग साहित्य महोत्सवको चौथो संस्करण आगामी वर्षको सेप्टेम्बर १३ र १४ (भदौ २८ र २९) मा आयोजना हुनेछ। 

यस पटककको महोत्सवमा कार्यक्रममा महाकवि डा.भुवन ढुङ्गानालाई यशस्वी साहित्य सम्मान र लक्ष्मी मुर्डेश्वर पूरी, सञ्जीव सान्याल र अच्यूत सामन्तलाई यशस्वी सम्मानबाट सम्मान गरिएको थियो। यसैगरी यशस्वी पुस्तक पुरस्कार २०८१ बाट पाँच विधामा ६ वटा पुस्तकलाई पुरस्कृत गरिएको छ।

दोस्रो दिन अभिनेता राजेश हमाल महोत्सवको आकर्षणको केन्द्र बने। ‘लाइफ डेडिकेटेड टु नेप्लिज फिल्म्स’ शीर्षकको सेसनमा हमालले नेपाली फिल्म उद्योग अड्केको भन्ने धारणाको खण्डन गरे। 

‘नेपाली चलचित्र उद्योग आफ्नै क्षणमा छ, र जब केही क्षणमा हुन्छ, त्यहाँ पक्कै पनि चुनौतीहरू हुन्छन्। कतिपयलाई यो यात्रा मन पर्न सक्छ, कसैलाई मन नपर्न सक्छ, तर उद्योग अगाडि बढिरहेको छ,’ उनले भने।

यसैगरि, ‘नायक र नायकत्व’ शीर्षकमा कलाकारहरु दीपकराज गिरी,सुरक्षा पन्त र दयाहाङ राईले समेत अन्तर्क्रिया गरे। ‘द आर्ट अफ स्टोरीटेलिङ इन फिल्म’ शीर्षकको सेसनमा ऐना झ्यालको पुतलीुका निर्देशक सुजित विडारीले आफ्ना अनुभव सुनाएर आकांक्षी फिल्मकर्मीलाई सल्लाह दिए।

समापन समारोहमा गायिका मेनुका पौडेलले आफ्नो साँगीतिक करिअरबारे सुनाइन्। साथै प्रभासको ‘सलार’ मा समावेश ‘सुरज ही छावं बनके’ गीत गाइन्। यसै गीतबाट मेनुकाले बलिउडमा डेब्यु गरेकी थिइन्। नेपालीसहित हिन्दी गीत तथा भजन समेत गुन्गुनाइन्। 

केएलएफ–काठमाडौँकी निर्देशक तथा संस्थापक सदस्य रञ्जना निरौलाले भव्य रुपमा महोत्सव सम्पन्न भएको जानकारी दिइन्। महोत्सवमा कला, साहित्य, चलचित्र, रंगमञ्च, राजनीतिक र मिडियासहित ५० भन्दा बढी सत्र गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .