सलोन बस्नेतको लगानीमा फिल्म ‘रंगी’ निर्माण हुने भएको छ।
निर्माण टिमले टाइटल पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो।
पोस्टरमा साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ। उनीहरु बाबु छोरी रहेको अनुमान लगाउन सकिन्छ।
पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ। फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ।
सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा बन्ने फिल्मबाट सुरेश न्यौपानेले निर्देशनमा डेब्यु गर्नेछन्।
निर्देशक न्यौपानेसँग फिल्म ‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव छ।
सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ। फिल्ममा सौरभ लामा छायाकारका रुपमा अनुबन्धित भइसकेका छन्। फिल्मका लागि कलाकार फाइनल भइसकेका छैनन्।
Shares
प्रतिक्रिया