अभिनेता राजेश हमाल फिल्म ‘नरसिंहाः अवतार’ बाट कमब्याक गर्दैछन्। दिवाकर भट्टराईको निर्देशनमा बन्ने यस फिल्मको केही साताबाट छायाङ्कन सुरु हुँदैछ।
यसैबीच, अभिनेता हमालले काठमाडौं–कलिङ साहित्य महोत्सवमा आफू पहिलो फिल्म गर्न गइरहेको जस्तो लागिरहेको बताएका छन्।
‘मैले ७ वर्षअगाडि दर्शकको स्वाद र चाहनाअनुसार चलचित्र बने मात्र काम गर्ने तर गर्नैकै लागि नगर्ने भनेर बसेँ। यद्यपि अब म ३ हप्तापछि ७ वर्षको ग्याप मेट्न जाँदैछु। मलाई कता कता पहिलो चलचित्र गर्न जाँदैछु जस्तो लागिरहेको छ’उनले भने।
603
Shares
प्रतिक्रिया