ad ad

कला


कंगनाको खुलासा- देश छाड्न मैले अमेरिकामा घरसमेत किनेकी थिएँ

कंगनाको खुलासा- देश छाड्न मैले अमेरिकामा घरसमेत किनेकी थिएँ

फाइल तस्बिर : कंगना रनौत


नेपालखबर
भदौ १७, २०८१ सोमबार १९:४३, काठमाडौँ

सोमबार (सेप्टेम्बर २) मा हरियाणाको गुरुग्राममा अमर उजाला संवाद आयोजना गरिएको थियो। कार्यक्रममा शिक्षा, खेलकुद, धर्म र व्यापारका साथै चलचित्र जगत्‌का चर्चित व्यक्तित्वहरूको समेत सहभागिता थियो। गुरुग्रामको होटल क्राउन प्लाजामा आयोजित कार्यक्रममा अभिनेत्री तथा राजनीतिकर्मी कंगना रनौत पनि सहभागी भइन्। यस क्रममा उनले आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’ सँगसँगै चलचित्र उद्योगका विषयमा पनि खुलेर कुरा गरिन्।

जनताको पीडा देख्दा मन खिन्न हुन्थ्यो
कुराकानीका क्रममा जब कंगनालाई सोधियो- कुन क्षण थियो जब तपाईंले आफ्नो विचार भाजपासँग मिल्दोजुल्दो महसुस गर्नुभयो? 

जवाफमा उनले नरेन्द्र मोदी आएपछि आफ्नो दिमागमा यस्तो सोच आएको बताइन्।

उनले अगाडि भनिन्, हामीले धेरै शोषण भोगेका छौँ। हामीलाई धेरै भनियो...मानिसहरूले भन्थे- उनीहरूलाई अङ्ग्रेजी आउँदैन...उनीहरू साना सहरका हुन्...यिनीहरूलाई उद्योगबाट निकाल्दिऊँ। यो सबै देखेर हामी धेरै दु:खी भयाैँ।’

उनले थपिन्, ‘भारतीय जनताको दुर्दशा देखेर हामी निकै निराश भयाैँ।’

देशै छाड्ने सोच बनाएकी थिइन्
कंगनाले थप भनिन्, ‘आखिर कहिलेसम्म सहने? हाम्रो अवस्था खराब थियो र हामीलाई लाग्न थाल्यो- देशै छाडेर जाऊँ। सन् २००९-१० मा मैले अमेरिकामा घरसमेत किनेको थिएँ।’

उनले थपिन्, ‘त्यसपछि जनतामा चेतना जाग्यो र यो देशका लागि जनतालाई निर्वाचित गर्दा हामीले मानसिक र संवैधानिक स्वतन्त्रता पाएका छौँ।’

कंगना ‘इमर्जेन्सी’मा देखिनेछिन्
वर्कफ्रन्टको कुरा गर्दा कंगना चाँडै फिल्म इमर्जेन्सीमा देखिनेछिन्। फिल्ममा उनी इन्दिरा गान्धीको भूमिकामा छिन्। यो चलचित्रको निर्देशन पनि उनले नै गरेका हुन्। यो फिल्म सेप्टेम्बर ६ मा रिलिज हुने तय भए पनि सेन्सर बोर्डको आपत्तिपछि फिल्मको रिलिज मिति सारिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .