बलिउडका चर्चित अभिनेता हुन्, अमिताभ बच्चन। सफल भएपनि सुरुवाती दिनमा उनले निकै संघर्ष गर्नुपरेको थियो। ‘कौन बनेगा करोडपति १६’ को भर्खरैको एपिसोडमा उनले यसबारे बताएका छन्।
अमिताभ बच्चनले आफ्नो पहिलो कमाई ४०० रुपैयाँ भारु मात्र रहेको बताए। उनी पुणे आएपछि साथीहरुसँग सानो कोठामा ८ जनासँग बस्थे।
बच्चनले भने, ‘यसमा कुनै आश्चर्य छैन। जब हामीले कलेजबाट पढाइ सकेर जागिर खोज्न थाल्यौं। हामीले कोलकातामा मासिक ४०० रुपैयाँ तलबमा जागिर पायौं। एउटै कोठामा ८ जना बस्थ्यौँ।’
यसरी सँगै बस्दा निकै रमाइलो हुने गरेको उनको अनुभव छ। ‘धेरै रमाइलो भयो। हामी ८ जना थियौं तर त्यहाँ २ बेड थियो। भुइँमा सुत्नुपर्यो। तर, उनीहरू एकअर्कासँग खुसी नै थियौं। आज यहाँ को सुत्ने, को खाटमा सुत्ने र को ओछ्यानमा बस्ने भनेर झगडा हुन्थ्यो,’उनले भने।
बिग बीले सन् २००० मा कौन बनेगा करोडपतिबाट सानो पर्दामा डेब्यू गरेका थिए। उनले शोको सन् २००७ सिजन बाहेक सबै होस्ट गरेका छन्। उक्त सिजन शाहरुख खानले होस्ट गरेका थिए।
बच्चन हालै फिल्म ‘कल्कीस्२८९८ एडी’ मा देखिएका थिए। उनी रिभु दासगुप्ताको कोर्टरुम ड्रामा ‘सेक्शन ८४’ र टीजे ज्ञानवेलको एक्सन ड्रामा ‘वेट्टैयान’ मा देखिनेछन्।
Shares
प्रतिक्रिया