निश्चल बस्नेत र स्वस्तिमा खड्का अभिनित फिल्म ‘बेहुली फ्रम मेघौली’को टिजर सार्वजनिक भएको छ।
सिनेमा हलमा गत हप्ता नै रिलिज भएको फिल्मको टिजर युट्युबमा आज (शनिबार) सार्वजनिक गरिएको हो।
सामाजिक कथामा कमेडी मिश्रित फिल्मको टिजरले दर्शकमाझ उत्सुकता पैदा गर्न सफल देखिन्छ।
टिजरमा नेपाली समाजमा पछिल्लो समय चलनचल्तीमा रहेको विवाह संस्कृतिलाई प्रस्तुत गरिएको छ। स्वस्तिमालाई विवाहका लागि दुलाह खोजिरहेकी ३० वर्षीय युवतीका रूपमा टिजरमा देख्न सकिन्छ।
फिल्ममा निश्चललाई अस्ट्रेलिया रिटर्न युवाका रूपमा प्रस्तुत गरिएको छ।
फिल्ममा निश्चल र स्वस्तिमासहित वसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु विष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ।
ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ। यो उनीहरूको डेब्यु निर्देशन हो। यो फिल्म दसैँ घटस्थापना अर्थात् असोज १७ गते प्रदर्शनमा आउँदै छ।
अभिनेत्री स्वस्तिमा खड्कालाई निर्माणमा श्रीमान् निश्चल बस्नेतले सघाएका छन्। फिल्मका कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्।
अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्म नरेन्द्र मैनालीले खिचेका हुन्। फिल्मलाई एप्पल इन्टरटेनमेन्ट र डीसीएनले वितरण गर्दै छन्।
हेर्नुहोस् टिजर-
Shares
प्रतिक्रिया