ad ad

कला


भदौ २९ मा हुँदैछ मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल प्रतियोगिता, १९–३० वर्षका युवती सहभागी हुनसक्ने

भदौ २९ मा हुँदैछ मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल प्रतियोगिता, १९–३० वर्षका युवती सहभागी हुनसक्ने

नेपालखबर
साउन २८, २०८१ सोमबार २०:३४, काठमाडौँ

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस एसिया प्यासिफिक इन्टरनेसनलको नेपाली संस्करणका रुपमा फार्म फ्रेस मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२४ को आयोजना हुने भएको छ।

ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जीईंईको आयोजनामा सञ्चालन हुने यो प्रतियोगिताको आउँदो भदौ २९ अर्थात् १४ सेप्टेम्बरमा सानेपास्थित होटल स्क्वाएरमा फाइनल प्रतिस्पर्धा तय भएको आयोजक संस्था द हिडेन ट्रेजरले जनाएको छ।

प्रतियोगितामा सहभागिता जनाउन चाहने युवती नेपाल नागरिक हुनुपर्नेछ। अविवाहित, विवाहित एकल महिला, एकल आमा, डिभोर्स भएकाहरुले सहभागिता जनाउन सक्नेछन्। प्लस टूको अध्ययन पूरा गरेको हुनुपर्नेछ भने उमेर समूह १९ देखि ३० वर्षको प्रावधान रहेको छ।

आयोजकका अनुसार सहभागीको उचाई कम्तीमा ५ फिट ४ इन्च हुनुपर्नेछ। आकर्षक एवं प्रभावशाली व्यक्तित्व भएको, आत्मविश्वास र नेतृत्वदायी क्षमता भएको हुनुपर्नेछ  

प्रतियोगिताको अडिसन आउँदो अगष्ट १७ तारिखमा बिजी बी ठमेलमा सम्पन्न हुनेछ भने प्रतियोगिताको प्रिजजिङ राउन्ड सेप्टेम्बर १३ का लागि तय भएको छ।
प्रतियोगिताका लागि फार्म फ्रेस मुख्य प्रायोजक हो। कार्यक्रम होटल स्क्वाएरको सहकार्यमा सञ्चालन गरिन लागिएको छ।

कार्यक्रमका लागि ज्यास्मिन फिटनेस एण्ड स्पा फिटनेस पार्टनर, नेपाल एअरलाइन्स एअरलाइन्स पार्टनर, यति ब्रुअरी वेभरेज पार्टनर, खल्ती भोटिङ पार्टनरका रुपमा तय भएका छन् भने नेपालखबर डटकम तथा प्याजेन्ट्री नेपाल मिडिया पार्टनरका रुपमा रहने भएका छन्।

२०२४ को मिस एसिया प्यासिफिक इन्टरनेसनलको प्रतिस्पर्धा भने २३ सेप्टेम्बर देखि ८ अक्टोबर सम्म फिलिपिन्समा सम्पन्न हुनेछ। फार्म फ्रेस मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२४ का विजेताले सोही प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन्।

सन् १९६५ देखि संचालन आएको यो प्रतियोगितामा नेपालका तर्फबाट सन् १९९४ मा पहिलो सहभागिता भएको थियो। द हिडेन ट्रेजरले सन् १९९४ बाट यस प्रतियोगिताको नेपालको लागि आधिकारिकता प्राप्त गरेको भए पनि सन् २०१८ जीईई नेपालका लागि आधिकारिक संस्थाका रुपमा स्थापित भएको हो।

जीईंईले सन् २०१८ र २०१९ मा मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल आयोजना गरेको थियो। जस अन्तर्गत सन् २०१८ मा आस्था साखः र २०१९ मा प्रतिस्था साखःले मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपालका रुपमा विजयी ताज पहिरिएका थिए। र, त्यसपछि प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको तर्फबाट सफलतापूर्वक प्रतिनिधित्व जनाएका थिए।

पत्रकार सम्मेलनमा लाईफ फूड एण्ड वेभरेज लिमिटेड, स्क्वाएर होटल र खल्ती एप तथा जीईंईबीच मिस एशिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२४ का लागि सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

जसमा जीईंईका सिईओ अनुप सक्सेनाले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए भने लाईफ फूड एण्ड वेभरेज लिमिटेडबाट कम्पनीका सहायक ब्राण्ड म्यानेजर गोरख श्रेष्ठ, स्क्वाएर होटलका महाप्रबन्धक विकास पौडेल र खल्ती एपका तर्फबाट वरिष्ठ मार्केटिङ सहायक सुष्मिता श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए।

उक्त कार्यक्रममा मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०१८ का विजेता आस्था साखःको पनि उपस्थिति रहेको थियो।

मिस एसिया प्यासिफिक इन्टरनेसनल नेपाल २०२४ का लागि सनिश शाक्य कार्यक्रम निर्देशक रहने छन् भने अनुप सक्सेना मुख्य कोरियोग्राफर तथा रोजिन शाक्य स्टेज पर्फमेन्स तर्फका मुख्य प्रशिक्षक रहने जानकारी दिइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .