लक्ष्मण सुवेदीको फिल्म ‘सतीदेवी’ को प्रदर्शन मिति सरेको छ। यो फिल्म अब भदौ ६ गतेबाट रिलिज हुने पक्का भएको हो। यसअघि साउन ४ गतेका लागि रिलिज डेट तोकिएको थियो।
निर्माण टिमले प्रेस विज्ञप्ति निकाल्दै केही प्राविधिक कारणले मिति हेरफेर गरिएको जनाएको छ। साथै सो मितिमा कुनै पनि स्वदेशी वा विदेशी फिल्म नल्याउन वितरक र निर्मातालाई अनुरोधसमेत गरिएको छ।
महिलाको विषयवस्तुमाथि बनेको यस फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छिन्। रिलिजअगावै थुप्रै अवार्ड जितिसकेको यो फिल्म दिलासा र साराको ब्यानरमा निर्माण भएको हो। फिल्ममा सुवेदीकै निर्माण र लेखन छ।
फिल्ममा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी, हर्षिका वली, सिर्जना अधिकारी, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी र मनिषा सापकोटाले अभिनय गरेका छन्।
सामाजिक कथामा निर्माण भएको चलचित्रले देशमा जति नै परिवर्तन आए पनि परिवर्तित हुन नसकेको महिलाको कथालाई विषय बनाएको छ।
Shares
प्रतिक्रिया