ad ad

कला


‘बेबीमुन’ मनाउन रणवीर र दीपिका लागे लन्डन

‘बेबीमुन’ मनाउन रणवीर र दीपिका लागे लन्डन

नेपालखबर
असार ६, २०८१ बिहिबार १३:११, काठमाडौँ

बलिउड कपल दीपिका पादुकोण र रणवीर सिंह पहिलो सन्तानको उत्सुकताका साथ प्रतीक्षा गरिरहेका छन्। आगामी सेप्टेम्बरमा दीपिकाले पहिलो सन्तान जन्माउँदै छिन्। 

यसैबीच, दीपिका र रणवीर बेबीमुन मनाउन लन्डन उडेका छन्।

आज बिहान दुवै जना मुम्बई एयरपोर्टमा देखिए। रणवीर पहिले कारबाट ओर्लिए र त्यसपछि ६ महिनाकी गर्भवती पत्नी दीपिकालाई कारबाट बाहिर निस्कन मद्दत गरे।

दुवैजना कालो पहिरनमा थिए। दीपिकाले ब्याक बडिकन ड्रेस लगाउँदा रणवीरले कालो टिसर्ट लगाएका थिए। उनीहरू निकै खुसी देखिन्थे। 

लन्डन प्रस्थान गर्नुअघि दीपिका फिल्म ‘कल्की २८९८ एडी’ को प्रि-रिलिज इभेन्टमा पुगेकी थिइन्। बुधबार साँझ मुम्बईमा आयोजित फिल्म ‘कल्की २८९८ एडी’ को प्रि-रिलिज कार्यक्रममा दीपिकासहित अमिताभ बच्चन, प्रभास र कमल हसन उपस्थित थिए। 

जहाँ गर्भवती दीपिकाले सुटिङ अनुभव सेयर गर्दै ठट्टासमेत गरिन्।

दीपिकाले भनिन्, ‘यो फिल्मको सुटिङका क्रममा प्रभासले मलाई खुवाएको खानाका कारण म यस्तो देखिएकी हुँ। हरेक दिन, एकै समयमा खाना आइपुग्यो। जुन खाना घरबाट नभई कुनै सेवा केन्द्रबाट आएको जस्तो लाग्थ्यो।’

कार्यक्रममा दीपिका हाई हिल लगाएर पुगेकी थिइन्, जसका कारण केहीले उनलाई सामाजिक सञ्जालमा ट्रोलसमेत गरे। 

प्रभास, दीपिका, अमिताभ र कमल हसन स्टारर फिल्म ‘कल्की २८९८ एडी’ जुन २७ मा रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .