थापागाउँस्थित मण्डला थिएटरमा सोमबार साँझ गायक पुष्पन प्रधान गुञ्जिने भएका छन्। ‘पन्छीः कथा भन्ने, गाउने’ शीर्षकमा उनले ब्यान्डसहित लाइभ प्रस्तुति दिँदैछन्।
फरक स्वाद र स्वाभावको सांगितिक प्रस्तुतीका साथ पुष्पन अनि सारथीको सांगितिक कार्यक्रम ‘पंक्षीः कथा भन्ने, गाउने’ आयोजना हुन लागेको मण्डलाले उल्लेख गरेको छ।
अन्य एकल कन्सर्टभन्दा फरक तरिकाले प्रस्तुति दिन लागेको पुष्पनले बताए। कार्यक्रममा गीतसहित गीतभित्रका कथा समेत उनको भनाइ छ।
यस कन्सर्टमा पुष्पनले पन्छीसहित, एउटा सपना छ, धिनधिना, बाबुको जुँगो लगायतका लोकप्रिय गीतहरु गाउनेछन्।
15
Shares
प्रतिक्रिया