ad ad

कला


कुनै अभिनेत्री काम गर्न मान्थेनन् मिथुनसँग, मात्र उनी, जसको साथले बदलियो जीवन

कुनै अभिनेत्री काम गर्न मान्थेनन् मिथुनसँग, मात्र उनी, जसको साथले बदलियो जीवन

फाइल फाेटाे : मिथुन चक्रवर्ती र जिनत अमान


नेपालखबर
बैशाख ३०, २०८१ आइतबार १९:४६, काठमाडौँ

कुनै बेला बलिउड अभिनेता मिथुन चक्रवर्तीसँग कुनै पनि अभिनेत्री काम गर्न चाहँदैनथे। सबैले उनलाई ‘बी’ श्रेणीको अभिनेता ठान्थे। मिथुनले सन् २०२३ मा एउटा रियालिटी शोमा आफ्ना धेरै कलाकारले आफूसँग असुरक्षित महसुस गर्ने गरेको बताएका थिए। उनीहरूले अभिनेत्रीहरूलाई मिथुनसँग काम नगर्न भनिरहन्थे। 

मिथुनका अनुसार त्यतिबेला जिनत अमान त्यस्तो एक्ली अभिनेत्री थिइन्, जो उनीसँग काम गर्न राजी भइन्। मिथुनले शोमा आफूलाई बी ग्रेडबाट ए ग्रेड अभिनेता बनाउन जिनत अमानको सबैभन्दा ठूलो भूमिका रहेको बताएका थिए।

मिथुन चक्रवर्तीले रियालिटी शो सारेगामापामा भनेका थिए, ‘फिल्म तकदिरका लागि निर्देशक ब्रिज सदना मुख्य अभिनेत्रीको भूमिकाका लागि जिनत अमानसँग कुरा गर्न गएका थिए। उनले जिनतलाई मेरो तस्बिर देखाए र भने- उनी मेरो फिल्मको मुख्य कलाकार हुन्। त्यसपछि जिनतले भनिन्- केटा राम्रो देखिन्छ, म उनीसँग फिल्म गर्न तयार छु। जिनतले फिल्म गरेलगत्तै अन्य अभिनेत्री मसँग काम गर्न राजी हुन थाले।’

फिल्म साइन गरेपछि पनि इन्कार गरे अभिनेत्रीले
मिथुनलाई कुनै बेला आफू बी ग्रेडबाट कहिले ए ग्रेड अभिनेता बन्छु जस्तो लाग्थेन। 

उनले भने- त्यतिबेला मसँग केही कलाकार असुरक्षित महसुस गर्थे। उनीहरूलाई लाग्थ्यो- म धेरै अगाडि बढ्छु। कतिपय अभिनेत्री त फिल्म साइन गरेपछि पनि मसँग फिल्म खेल्न इन्कार गर्थे। उनीहरूलाई यस्तो दबाब दिइन्थ्यो कि मिथुनसँग काम गरे म तिमीसँग काम गर्दिनँ भन्थे। यस्तो अवस्थामा म जिनत अमानलाई धन्यवाद दिन्छु, जसले मसँग काम गरेर त्यो अवस्था तोडिदिइन्। 

मिथुन चक्रवर्ती र जिनत अमानले यादों की कसम, बात बन गई, आशान्ति र हम से है जमानाजस्ता फिल्ममा सँगै काम गरेका छन्।

८० को दशकपछि मिथुनले सफलताको सिँढी चढिरहे। सन् १९८२ मा आएको फिल्म डिस्को डान्सरबाट उनले थप ख्याति कमाए। यो फिल्म र यसका गीत भारतमा भन्दा रुसमा बढी रुचाइएको थियो। सोभियत संघको नामले चिनिने रुसमा यो फिल्म निकै हिट भएको थियो।

डिस्को डान्सरलाई हिन्दी सिनेमाको पहिलो १०० करोड कमाउने फिल्म भनिन्छ, यद्यपि अधिकांश कमाई सोभियत संघबाट आएको थियो।

एउटा भिडिओ हेर्नुहोस् मिथुन र जिनतको-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .