गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘वसन्त’ बनाउने भएका छन्। आइतबार एक कार्यक्रमबीच भिडिओ सार्वजिक गर्दैँ फिल्म निर्माणको घोषणा गरेका हुन्।
सार्वजनिक भिडिओअनुसार यो फिल्म जातीय भेदभाव र अन्तर्जातिय प्रेमसम्बन्धको कथामा बन्नेछ। प्रकाशले वसन्तलाई ‘वर्ण व्यवस्थाले सदियौंदेखि न्याकिएको एउटा तत्का’ कथा भनेका छन्।
प्रकाशले पहिलोपटक आफ्नै निर्माण र निर्देशनमा फिल्म बनाउन लागेका हुन्। यस फिल्ममा प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिनेछिन्। अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायतका कलाकारको पनि अभिनय रहनेछ।
प्रकाशकै कथा र संगीत रहेको फिल्ममा सुनिल वि.क को सह-निर्देशन रहनेछ। मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन फिल्मको कार्यकारी निर्माता हुन्। यो फिल्म २०८१ सालको चैते दसैंमा रिलिज हुनेछ।
चर्चित गायक प्रकाशले ‘परदेशी २’ बाट फिल्मक्षेत्रमा डेब्यु गरेका थिए। गतवर्ष रिलिज भएको यस फिल्मले राम्रो व्यापार गरेको थियो।
Shares
प्रतिक्रिया