निर्देशक निश्चल बस्नेतले एक्सन फिल्म बनाउने भएका छन्। उनले जन्मदिनको अवसरमा फेसबुकमार्फत एक्सन फिल्म बनाउनेबारे जानकारी दिएका हुन्।
हाल निश्चल ‘बेहुली फ्रम मेघौली’को निर्माणमा व्यस्त छन्। आकाश बरालले निर्देशन गर्ने यस फिल्ममा उनकी श्रीमती तथा अभिनेत्री स्वस्तिमा खड्काको लगानी छ।
अहिले एक्सन फिल्मको स्क्रिप्ट लेखनको कार्य भइरहेको छ। ‘बेहुली फ्रम मेघौली’को निर्माण सकिएपछि अर्को दसैंअघिनै एक्सन फिल्म निर्देशन गर्ने उनले फेसबुकमा उल्लेख गरेका छन्। बाँकी जानकारीभने केही समयपछि दिने निर्माणटिमको योजना छ।
12
Shares
प्रतिक्रिया