ad ad

कला


‘दान्भी’ मा यस्तो छ पूजाको अवतार

‘दान्भी’ मा यस्तो छ पूजाको अवतार

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १७:३, काठमाडौँ

अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा पूजाको एक्सन लुक देख्न सकिन्छ।

फस्टलुक पोस्टरमा मेसिनगन बोकेकी पूजा आक्रामक देखिएकी छिन्। उनको फाइटर लुकले दर्शकहरुलाई समेत उत्साहित बनाएको छ।

रुपेश तामाङको निर्देशन रहेको फिल्ममा देव मगर र अनुप गडालको लगानी रहेको छ। पवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कमला लिम्बु, पन्च बहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ सह निर्माताका हुन्।

संजोग रानाको संवाद रहेको फिल्ममा हरि लामा ‘घले’ को छायाङ्कन रहेको छ। सत्यम रानाको भीएफक्स रहेको यो फिल्मले नेपाली फिल्म क्षेत्रमा एक्सनमा नयाँ शैली भित्राउने अपेक्षा गरिएको छ।

निर्देशक रुपेश तामाङले पनि यो फिल्मको एक्सनलाई आफूहरुले नयाँ तहमा तयार पारेको बताएका छन्। केही सातामै फिल्मको प्रदर्शन मितिसहित टिजर सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .