नेपाली टिन मोडल अपेक्षा शेरचनले नेपलिज टिन फेसन मोडल शीर्षकमा फेसन वेभ अवार्ड प्राप्त गरेकी छिन्। शेरचन करिब तीन वर्षको उमेरदेखि स्टेज नृत्यमा सक्रिय थिइन्।
पछिल्लो समय नृत्यसँगै मोडलिङ र एक्टिङलगायत विभिन्न ब्युटी पेजेन्टमा भाग लिँदै आएकी अपेक्षाले शुक्रबार राति भारतको दिल्लीमा आयोजित एक समारोहमा उक्त अवार्ड प्राप्त गरेकी हुन्।
भारतको फेसन वेभ म्यागाजिन र शिवाय मिडिया नेटवर्कले कार्यक्रमको आयोजना गरेको हो।
झण्डै दुई दर्जन चलचित्र र सिरिजहरूमा अभिनय गरेकी भारतीय कलाकार अमायरा दस्तुरले उक्त अवार्ड हस्तान्तरण गरेकी थिइन्। कार्यक्रममा दिक्पाल कार्कीले आइकोनिक नेपलिज फेसन मोडल अवार्ड र राजन बुढाथोकीले डायनामिक नेपाली इभेन्ट अर्गनाइजर अवार्ड प्राप्त गरेका थिए।
अपेक्षाले यसअघि पनि अन्तर्राष्ट्रिय शोमा भाग लिइसकेकी छन्। उनले सन् २०१८ मा थाइल्याण्ड इन्टरनेसनल फेस्टिभल फेसन शोमा सहभागी जनाइसकेकी छिन्।
राष्ट्रियस्तरका त थुप्रै शोमा भाग लिएर पुरस्कार समेत हात पारिसकेकी छन्।
उनले फेसन मोडल किड्स अवार्ड २०१८, नेप्लिज फेसन होमद्वारा आयोजित किड क्विन–२०१८ मा सोसल वेलफेयर चिफ एम्बासडर अवार्ड , किड्स एन टिन फेसन मोडल फस्ट रनर अप र मिस ट्यालेनट, एच एन्ड एम फेसन शो २०१९ बाट मिस ट्यालेन्ट, मिस अनलाइन पपुलारिटी, मिस अरगनाइजर च्वाइस, नइ देरूनिखपू कोपिला बाल पुरस्कार २०७५, बेस्ट किड्स मोडेल अवार्ड २०२०, स्पर्स म्युजिक भिडिओ अवार्ड २०२०, पेजेन्ट नेपाल इन्टनेसनल अवार्डद्वारा बेस्ट इन्टरनेसनल फेसन मोडल प्रिटिन अवार्ड २०२१, नेप्लिज फेसन होमद्वारा स्पेसल किड क्विन नेपाल २०२२ र अरू पनि विभिन्न अवार्ड र सम्मान पत्र पाएकी छन्।
हालसम्म अपेक्षाले तीन दर्जनभन्दा बढी स्टेज कार्यक्रममा आफ्नो नृत्य प्रस्तुति दिइसकेकी छन्।
उनले केही म्युजिक भिडिओमा पनि अभिनय गरेकी छन्। पछिल्लो पटकको चाइल्ड भर्जन ‘रुदारुदै’मा उनलाई सर्वाधिक मन पराइएको थियो।
Shares
प्रतिक्रिया