ad ad

कला


आकाश र पूजाको जोडी अब ‘मन परेसी’मा पनि

आकाश र पूजाको जोडी अब ‘मन परेसी’मा पनि

नेपालखबर
माघ १६, २०७६ बिहिबार १०:५९,

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्माको पाँचौ पटक अनस्कृन रोमान्स गर्ने भएका छन्।

पूजा र आकाशको अभिनय रहने पाँचौ फिल्म हो ‘मन परेसी’। फिल्मको बिहीबार श्री पञ्चमीको अवसर पारेर राजधानीस्थित भद्रकाली मन्दिरमा शुभ मुहुर्त गरिएको हो।

मुहुर्त कार्यक्रममा पूजा र आकाशका अलवा अभिनेता रवीन्द्र झा, डेब्यु अनुहार मोनालिसा खतिवडा, प्रस्तुतकर्ता रघु परियार, लेखक तथा निर्देशक रुपेश थिङ तामाङ र वितरक करण श्रेष्ठ उपस्थित थिए।

‘रामकहानी’ बाट सुरु भएको पूजा र आकाशको सहकार्य ‘पोइ पर्यो काले’, ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना बिर्सना’ हुँदै ‘मन परेसी’सम्म आइपुगेको हो। स्क्रिप्टले मन छोएपछि आफू फिल्म काम गरेको अभिनेत्री पूजाले बताइन्।

फिल्मको प्रस्तुतकर्तामा रघु परियार छन्। अमृत थिङ तामाङ फिल्मको कार्यकारी निर्माता र दिनेश शाही र चक्र पाख्रिन तामाङ निर्माताको रुपमा रहेको फिल्ममा भुवन राज जोशी, कृष्ण परियार, ज्ञानु प्रसाद खनाल र प्रेम बहादुर घर्ती सह–निर्मातामा रहेका छन्। फिल्मको कथा निर्देशक तामाङ आफैंले लेखेका हुन् भने उनलाई संवादमा सञ्जोग राणाले सघाएका छन्।

हरि घले लामाले खिच्ने फिल्ममा राजु तामाङको द्वन्द्व र रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ। लभस्टोरी–एक्सन जनरामा निर्माण हुने फिल्मको आउँदो आइतबारबाट छायांकन सुरु हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .