चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले नेपाली चलचित्र क्षेत्रमा समस्याको चाङ भएको बताएका छन्।
सोमवार चलचित्र निर्माता संघको १७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राज्यसँग चलचित्रकर्मीहरुले राखेका मागहरु शून्यप्राय भएको बताए। उनले सरकार गम्भीर नहुँदा चलचित्र उद्योग पछि परेको परेको बताए।
उनले भने, ‘नेपाली चलचित्रहरुको समस्याको अध्यावधि गर्ने हो भने चाङ नै लाग्छ। राज्यसँग हामीले राखेका मागहरुको सम्बन्धमा सुनुवाई शुन्यप्रायः छ। सरकार गम्भीर नहुँदा उद्योग पछि परेको छ। सरकार गम्भीर भइदियोस्।’
उनले नेपाली चलचित्रको आन्तरिक बजारको व्यवस्थामा पनि थुप्रै चुनौति रहेको पनि बताए। उनले नेपाली चलचित्रलाई राज्यले गहनाको रुपमा मात्रै बुझ्ने गरेको भन्दै आपत्ति जनाए।
उनले भने, ‘नेपाली चलचित्रको आन्तरिक बजारको व्यवस्थामा पनि थुप्रै चुनौति छन्। बाहिरको त कुरै छोडौँ। नेपाली चलचित्रलाई राज्यले र केही मानिसले गहनाका रुपमा बुझ्नुहुन्छ, चलचित्र क्षेत्र गहना होइन, २१ औँ शताब्दी सशक्त माध्यम हो, साहित्य, सिर्जना मात्रै बोक्दैन, पर्यटन, राष्ट्रियता, राष्ट्रका कुरा बोकेको छ। देशको मेरुदण्ड हो।’
अध्यक्ष खड्काले चलचित्र क्षेत्र गहना नभइ राज्यको मेरुदण्ड भएको बताए।
Shares
प्रतिक्रिया