ad ad

कला


यस्तो छ ‘देव वाणी’को फर्स्टलुक्स, प्रदर्शन मिति तोकियो

यस्तो छ ‘देव वाणी’को फर्स्टलुक्स, प्रदर्शन मिति तोकियो

नेपालखबर
असोज ४, २०८० बिहिबार १०:५९, काठमाडौँ

आगामी पुस २७ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्म ‘देव वाणी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ।

फिल्मका सार्वजनिक दुई पोस्टरमध्ये पहिलोमा अभिनेता सुनिल थापा र डेब्यु अभिनेता कुन्दन भारद्वाज र डेब्यु अभिनेत्री अनुजा लेप्चा छन्। दोस्रो पोस्टरमा अभिनेता भारद्वाजलाई एङ्ग्री योङम्यानका रुपमा प्रस्तुत गरिएको छ।

बाबु साहेब बलामीको निर्देशनमा निर्माण भएको फिल्ममा सुनिल, कुन्दन र अनुजाका अलावा ध्रुव कोइराला, घनश्याम गिरी, रवीन्द्र झा, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, काजोल राघवाणी, लक्ष्मीनाथ तिमल्सिनालगायत कलाकारको अभिनय रहनेछ। सिमरा, वीरगन्ज, र काठमाडौंमा सिनेमाको छायांकन गरिएको हो।

निर्देशक बलामीले फिल्म नेपाली र हिन्दी भाषामा निर्माण भइरहेको जानकारी दिए। फिल्मलाई नेपाल रिलिजकै दिन भारतका हलमा पनि प्रदर्शन गर्ने योजना निर्माण टिमको छ। मौसम फिल्मस् प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टले निर्माणमा सहकार्य गरेको फिल्मको कथा निराजन मेहता मन्जिलले लेखेका हुन्।

हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको प्रस्तुतकर्तामा मौसम पौडेल छन्। मीना खड्का र हीराबहादुर लेप्चा निर्माता रहेको फिल्मका कार्यकारी निर्माता महेन्द्र यादव र अपार गुरुङ हुन्। फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन छ। 

मुभी पोइन्टमा प्रोस्ट प्रोडक्सनको काम भइरहेको फिल्ममा मनोहर सुनामको संगीत, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स, प्रविन ढकालको कलर ग्रेडिङ र बन्दे प्रसादको सम्पादन रहनेछ। सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले फिल्मलाई वितरण गर्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .