ad ad

कला


मानसिक स्वास्थ्य सचेतनासहितको ‘बोल उकुसमुकुस बोल’ (भिडिओ)

मानसिक स्वास्थ्य सचेतनासहितको ‘बोल उकुसमुकुस बोल’ (भिडिओ)

नेपालखबर
असार ३०, २०८० शनिबार १५:९, काठमाडौँ

बिग्रँदो आर्थिक, सामाजिक, राजनीतिक कारण  युवाहरु कुनै न कुनैरुपमा ‘उकुसमुस’ लिएर बाँच्न बाध्य छन्। समाजको तितो यथार्थ समेटेको गीत  ‘बोल उकुसमुकुस बोल,’ सार्वजनिक भएको छ। 

गीतले कथा, नृत्य, र संगीतको माध्यमबाट युवाहरूमा बढ्दै गएको छटपटि निकाल्ने प्रयास गरेको छ। 

'मनमनै बाँधिराखेको उकुसमुकु खोलौं, आपसमा कुरा गरौं, जीवन उत्सव हो, आत्माहत्या समस्याको समाधान होइन' भन्नु नै गीतको उद्देश्य हो।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार एक दिनमा  १९ जनाले आत्महत्या गर्ने गरेका छन्। यो समस्यालाई सार्बजनिक बहसको विषय बनाउन गीतले पहल गर्ने निर्माण पक्षको अपेक्षा छ।

म्युजिक भिडिओको निर्देशन, कोरियोग्राफी र स्क्रिनप्ले द नेक्स्ट टिमका संस्थापक प्रदीप लामाले गरेका छन् भने गीत रचना र लेखन संगीत पत्रकार अनुप ओझाको रहेको छ।

गीतलाई अनुप र प्रदीपले संयुक्त स्वर दिएका छन्। 

शैक्षिक असफलता, जागिर गुमाउनुको पीडा, सम्बन्धमा दरार र निराशा लगायत कारण आत्महत्या गर्ने प्रवृत्तिलाई निरुत्साह गर्दै जीवनप्रतिको उमंग जगाउनु गीतको उद्देश्य रहेको निर्माण पक्षले जनाएको छ।

‘जीवन उत्सव हो’ भन्ने मूल मर्ममा तयार पारिएको यो भिडिओले भागदौडको अस्तव्यस्त जीवनशैलीका बीच उकुसमुकुस, चिन्ता र मानसिक दबाब जस्ता संकटको समना गरिरहेका आम युवाहरूलाई जीवनप्रति एक आसा र प्रेरणा दिने प्रयास गरेको छ।

प्रदिप र अनुप को संयुक्त पहलमा गितको बुनिएको छ। प्रदिपले लामा र केबिका खत्री गीतका करियोग्राफर छन्। सिर्जन रावल सह कोरियोग्राफरको भूमिकामा छन्।

काठमाडौंको टोखा, बालुवाखानी र ललितपुर एक स्टुडियोमा भिडिओ छायांकन गरिएको छ। जुन भिडिओमा ५० जना बढीले प्रस्तुति दिएका छन्।

एस स्टडी वल्र्डले भिडियो निर्माण गरेको हो। विष्णु नेपाल भिडिओका मुख्य पात्र छन् भने, पवन सुस्लिङले छायांकन तथा सम्पादन गरेका हुन्। 

सलिन मगरले संगीत अरेन्ज गरेका छन्।

प्रदीप र अनुपको संयुक्त प्रस्तुति यसअघी सार्बजनिक गीत ‘वारिको डाँडामा म’ र ‘संसारै बैमानी’मा पनि देख्न सकिन्छ।

भिडिओः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .