ad ad

कला


डेढ दशकपछि फेरि एकसाथ ‘दर्पण छायाँ’का जोडी निरुता–उत्तम

डेढ दशकपछि फेरि एकसाथ ‘दर्पण छायाँ’का जोडी निरुता–उत्तम

नेपालखबर
असार २५, २०८० सोमबार ११:४२, काठमाडौँ

एक समय पर्दामा निकै रुचाइएको जोडी हो- निरुता सिंह र उत्तम प्रधानको।

सुपरहिट सिनेमा ‘दर्पण छायाँ’का जोडी कलाकार उत्तम र निरुतालाई दर्शक अहिले पनि सम्झना गर्छन्। तर, यी दुई सँगै नदेखिएको लामो समय भयो। अब भने दर्शकले निरुता र उत्तमलाई एकसाथ पर्दामा देख्न पाउने भएका छन्।

निर्देशक मुस्कान ढकालले फिल्म ‘पञ्चामृत’मार्फत यो जोडीलाई पर्दामा फर्काउने तयारी गरेका हुन्। आध्यात्मिक लभस्टोरी कथामा बन्ने यो फिल्म भदौदेखि छायांकनमा जाने बताइएको छ। 

फिल्ममा निरुता र उत्तमका साथमा सौगात मल्ल, विपना थापा, मिथिला शर्माले पनि काम गर्ने पक्का भइसकेको छ। अन्य कलाकार छानोटको क्रममा निर्माण टिम छ। 

‘नाइँ नभन्नु ल ३’ बाट निर्देशनमा डेब्यु गरेका मुस्कानको यो तेस्रो फिल्म हो। उनले यस अघि ‘समर लभ’ निर्देशन गरेका थिए।

‘दर्पण छायाँ’ जोडी उत्तम र निरुता डेढ दशकपछि यो फिल्ममार्फत एकसाथ देखिन लागेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .