ad ad

कला


‘हिउँभन्दा चिसो’बाट थिएटरमा फर्किँदै सापकोटा

‘हिउँभन्दा चिसो’बाट थिएटरमा फर्किँदै सापकोटा

नेपालखबर
जेठ २९, २०८० सोमबार ११:३८, काठमाडौँ

मण्डला थिएटरमा असार पहिलो सातादेखि एकैपटक दुई नाटक प्रदर्शनमा आउँदैछन्।

मण्डलाको स्टुडियो थिएटरमा यही असार ७ गतेदेखि ‘कोराघाट’ र सोही स्थानको ठूलो प्रेक्षालयमा असार ८ गतेदेखि नाटक ‘हिउँभन्दा चिसो’को प्रदर्शन हुनेछ।

मण्डला थिएटर नेपालले नियमित रुपमा गर्दै आएको अभिनय प्रशिक्षण कार्यक्रम थिएटर ल्याबको एघारौं ब्याचका प्रशिक्षार्थीलाई लिएर तयार पारिएको नाटक कोराघाटलाई वरिष्ठ रंगकर्मी तथा चलचित्र अभिनेता कमलमणि नेपालले निर्देशन गर्दैछन्। कुमार नगरकोटीको कथा ‘कोराघाटका क्रियापुत्रीहरू’मा आधारित नाटक असारको २१ गतेसम्म हरेक साँझ ४ बजे मञ्चन गरिनेछ।

तीन महिनासम्म अभिनयको आधारभूत प्रशिक्षण लिएका प्रशिक्षार्थी ‘कोराघाट’मा देखिनेछन्।

त्यसैगरी, मण्डला थिएटरमा मञ्चन हुने अर्को नाटक ‘हिउँभन्दा चिसो’लाई साइकोलोजिकल थ्रिलर जेनरामा बन्न लागेको हो।

कथावस्तु र परिवेश नखुलाइएको नाटक हिउँभन्दा चिसोमार्फत् पुराना रंगकर्मी तथा चलचित्र कलाकार भोलाराज सापकोटा थिएटरमा फर्किँदै छन्। बलिउड चलचित्र बर्फीमा रणवीर कपुरसँग स्क्रिन सेयर गरेर चर्चा कमाएका सापकोटाले त्यसयता थुप्रै नेपाली चलचित्रहरूमा काम गरेका छन्। तर ६ वर्षअघि विमल सुवेदीद्वारा निर्देशित ‘हेम्लेट’ पछि कुनै नाटकमा अभिनय गरेका थिएनन्। 

लामो समयपछि नाटक खेल्ने अफर आएको, स्क्रिप्ट मन परेको र समय पनि अनुकूल भएका कारण ‘हिउँभन्दा चिसो’मा अभिनय गर्न लागेको सापकोटाले बताएका छन्। नाटक ‘हिउँभन्दा चिसो’मा सापकोटासँगै कलाकारद्वय रेणु योगी र गोविन्द सुनारको अभिनय देख्न पाइनेछ। 

नाटकलाई सोमनाथ खनालले निर्देशन गर्दैछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .