हलिउड तथा बलिउड अभिनेत्री प्रियंका चोपडा वेब सिरिज ‘सिटाडेल’ र हलिउड फिल्म ‘लभ अगेन’का कारण चर्चामा छिन्। वेब सिरिज ‘सिटाडेल’ रिलिज भइसकेको छ। ‘लभ अगेन’ भने मे १२ मा भारतमा रिलिज हुँदै छ। फिल्मको अहिले निकै चर्चा छ।
तर यो फिल्म अमेरिकी बक्स अफिसमा ध्वस्त भएको छ। यो फिल्मले अमेरिकी बक्स अफिसमा १८ करोड भारु कमायो। प्रियंकासहित साम ह्युगन र सेलिन डियोन यो फिल्मले त्यहाँ राम्रो कमाइ गर्ने अपेक्षा गरिएको थियो।
प्रियंकाको यो फिल्मले दर्शक तान्न सकिरहेको छैन। यस्तोमा भारतीय बजारमा प्रदर्शन हुन लागेको फिल्मका लागि झन धेरै चुनौती छन्। फिल्म ‘लभ अगेन’को कथा नायिका मीरा रेको कथा हो।
९ मिलियन डलर लागतमा निर्माण भएको भनिएको फिल्मको लगानी उठाउन निकै कसरत गर्नुपर्ने छ।
सन् २०२१ मा रिलिज भएको म्याट्रिक्स रिसर्जेन्सपछि प्रियंकाको रिलिज हुने यो पहिलो फिल्म हुनेछ। प्रियंकाले सन् २०१७ मा फिल्म ‘बेवाच’बाट हलिउडमा डेब्यु गरेकी थिइन्।
Shares
प्रतिक्रिया