ad ad

कला


नेपाली मूलका प्रबल गुरुङको डिजाइन लगाएर मेटगालामा खुलेकी आलिया (तस्बीर)

नेपाली मूलका प्रबल गुरुङको डिजाइन लगाएर मेटगालामा खुलेकी आलिया (तस्बीर)

नेपालखबर
बैशाख १९, २०८० मंगलबार १८:२५, काठमाडौँ

बलिउड अभिनेत्री आलिया भट्टले नेपाली मूलका अमेरिकी फेसन डिजाइनर प्रबल गुरुङको डिजाइन लगाएर मेटगालामा डेब्यु गरेकी छन्।

नेपाली समयानुसार मंगलबार बिहान न्युयोर्कमा भएको भव्य समारोहमा प्रबलको डिजाइन लगाएर आलिया त्यहाँ पुगेकी हुन्।

डिजाइनर प्रबल गुरुङले बनाएको सेतो मोति राखिएको गाउनमा आलिया निकै सुन्दर देखिएकी थिइन्। मेटगालामा आलिया पहिलो पटक उपस्थिति भएकी हुन्।

आलियाले रेड कार्पेटमा हिँडेको फोटो इन्स्टाग्राममा राख्दै आफूले लगाएको गाउनमा एक लाख वटा मोति राखिएको बताइन्।

‘त्यो डे्रस बनाउनमा प्रबल गुरुङले निकै कडा मेहनत गरेको मैले पाएँ’ उनले लेखेकी छन्, ‘ जसलाई मैले देख्ने बित्तिकै लगाउन स्वीकार गरेँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .