‘नेपाल युरोपियन फिल्म फेस्टिभल २०२३’ को १२ औं संस्करण कञ्चनपुरको महेन्द्रनगरबाट सुरु हुँदैछ।
नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालका अनुसार वैशाख १५ गते पहिलो चरणमा महेन्द्रनगरमा महोत्सव हुनेछ।
त्यसपछि सुर्खेत र काठमाडौंमा पनि फिल्म फेस्टिभल आयोजन हुनेछ। कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा १५ देखि १७ गतेसम्म महोत्सव हुनेछ।
मानवअधिकारको नारा लिएर सुरु हुने यो महोत्सवमा युरोपका ८ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघु फिल्महरु प्रदर्शन गरिनेछन्।
त्यस्तै, महोत्सवमा ‘मानवअधिकार प्रवर्द्धनमा फिल्मको भूमिका’, ‘चलचित्रलाई कसरी बुझ्ने’ शीर्षकमा अन्तरक्रियात्मक छलफल समेत हुनेछ।
24
Shares
प्रतिक्रिया