क्रिश्चियन धर्मको अपमान गरेको भन्दै उनीहरुविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि उनीहरु विवादमा परेका हुन्।
गत महिना डिसेम्बरमा एक हास्यव्यंग्य कार्यक्रममा उनीहरुले क्रिश्चियन धर्मको अपमान गरेको आरोप रहेको छ।
उनीहरुविरुद्ध पन्जावको रुपनगर शहरको अदालतमा मुद्दा दर्ता भएको छ। यसअघि अमृतसरमा पनि उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो।
— Farah Khan (@TheFarahKhan) December 27, 2019I’m extremely saddened that some sentiments have been inadvertently hurt by a recent episode of my show. I respect all religions, n it would never be my intention 2disrespect any.On behalf of the entire team, Raveena Tandon, Bharti Singh and Myself.. we do sincerely apologise.
उनीहरुले क्रिस्चियनहरुले प्रयोग गर्ने शब्द ‘हालेलुइया’लाई गलत रुपमा प्रयोग गरेको बताइएको छ। भिडियोमा फराह खानले भारती र रविनालाई हालेलुइया शब्द अंग्रेजीमा लेख्न लगाएको देख्न सकिन्छ।
त्यसपछि उनीहरुले यस शब्दलाई हासोमजाक गर्छन्। भारतमा रहेको क्रिश्चियनहरुले उनीहरुको आलोचना गरिरहेका छन्।
यसबीचमा उनीहरुले माफी मागेका छन्।
Please do watch this link. I haven't said a word that can be interpreted as an insult to any religion. The three of us (Farah Khan, Bharti Singh and I) never intended to offend anyone, but in case we did, my most sincere apologies to those who were hurt. https://t.co/tT2IONqdKI
— Raveena Tandon (@TandonRaveena) December 26, 2019
प्रतिक्रिया