शिल्पी थिएटरमा १७ फागुन देखि मञ्चन भइरहेको नाटक 'विमोक्ष' पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि हेरेका छन्।
उनले यो नाटकलाई उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्। शनिबार ५:३० बजेको शो हेर्न बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा पुगेका भट्टराईले विभेदबीचमा प्रेमलाई प्रेमका रुपमा ग्रहण गर्न नसक्ने अवस्थालाई चित्रण गरेको नाटक उत्कृष्ट रहेको बताएका छन्।
उक्त नाटक हेर्न पत्नी हिशिला यमिसँग पुगेका उनले कलाकाराहरुको पनि प्रशंसा गरे।
नाटकमा महिला र दलितको उत्पीडन उस्तै उस्तै भनेर ब्याख्या गरिनुका साथै प्रेम र यौनलाई पनि निकै वस्तुपरक रुपमा प्रस्तुत गरेकाले राम्रो लागेको उनले बताए।
यो नाटक घिमिरे युवराज, सगुना शाह, पवित्रा खड्का र सागर खाती कामीको अभिनय छ। नाटक १८ चैतसम्म मञ्चन हुनेछ।
69
Shares
प्रतिक्रिया