ad ad

कला


चिनियाँ चलचित्र महोत्सव सुरु

चिनियाँ चलचित्र महोत्सव सुरु

नेपालखबर
पुस ११, २०७६ शुक्रबार १३:१३,

काठमाडौंमा शुक्रवारबाट चिनियाँ चलचित्र महोत्सव सुरु भएको छ।

चिनियाँ दूतावासको आयोजनामा काठमाडौंको कुमारी हलमा सुरु भएको चलचित्र महोत्सव दुई दिनसम्म चल्ने छ। ‘द परेड अफ सेभेन्टी एनिभर्सरी अफ द पिपुल रिपब्लिक अफ चाइना’, ‘द ग्रेटवाल फिल्म’ प्रदर्शनी गरिएको हो। महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले संयुक्त रुपमा गरेका थिए।

सो अवसरमामा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले दुई दिने चिनियाँ चलचित्र महोत्सवबाट नेपाली दर्शक र फिल्म क्षेत्र, साहित्य जगतले धेरै कुरा सिक्न सक्ने बताए। उनले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन धेरै भन्दा धेरै चिनियाँ पर्यटकहरु नेपाल घुम्न आउने विश्वास आफूले लिएको बताए।

महोत्सव अन्तरगत काठमाडौंमा ११ र १२ गते, पोखरामा पुस २० र लुम्बिनीमा पुस २३ गते चिनियाँ चलचित्र देखाइने छ। पोखराको मिड टाउन ग्यालरीमा र लुम्बिनीमा लुम्बिनी विकास कोषको सभाकक्षामा देखाईने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .