ad ad

कला


नरेन्द्र मोदीकी आमाको निधनमा शोकाकुल बलिउड कलाकार, कसले के लेखे?

नरेन्द्र मोदीकी आमाको निधनमा शोकाकुल बलिउड कलाकार, कसले के लेखे?

नेपालखबर
पुस १५, २०७९ शुक्रबार १३:२१, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीको निधनपछि बलिउड कलाकार शोकाकुल भएका छन्।  बलिउड स्टारहरूले प्रधानमन्त्री मोदीकी आमाको निधनमा शोक व्यक्त गरेका छन्। कंगना रनौत, अक्षय कुमार, अनुपम खेरलगायत धेरै जना बलिउड स्टारले हीराबेनलाई सम्झँदै श्रद्धाञ्जली अर्पण गरेका छन्। 

हीराबेनको निधनमा कंगनाले इन्स्टाग्राममा प्रतिक्रिया दिएकी छन्। प्रधानमन्त्री मोदी र उनकी आमाको तस्बिर सेयर गर्दै उनले लेखेकी छन्, ‘भगवान्‌ले प्रधानमन्त्रीलाई यो कठिन समयमा धैर्य र शान्ति प्रदान गरून्, ओम शान्ति।’ 

हीराबाको निधनमा शोक व्यक्त गर्दै अभिनेता अनुपम खेरले लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू ! आमा श्री हीराबाजीको निधनको खबर सुनेर म दुःखी र विचलित छु। तपाईंको माया र सम्मान संसारमा प्रस्ट छ। तपाईंको जीवनमा उनको स्थान कसैले पूर्ति गर्न सक्ने छैन, तर तपाईं भारत माताका पुत्र हौ। देशका हरेक आमाको आशीर्वाद तपाईंलाई छ।’

साउथ सुपरस्टार चिरञ्जीवीले लेखेका छन्, ‘हाम्रा माननीय प्रधानमन्त्रीकी प्यारी आमा श्रीमती हीराबा मोदीको निधनले दुःखी बनायो। उनले असाधारण जीवन बिताइन्। दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जलि!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .