ad ad

कला


चलचित्र संघले माग्यो भुवन केसीको राजीनामा

चलचित्र संघले माग्यो भुवन केसीको राजीनामा

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०७९ बिहिबार १०:२३, काठमाडौँ

नेपाल चलचित्र विकास बोर्डविरुद्ध चलचित्र संघले आन्दोलन घोषणा गरेको छ। बोर्डले कुनै पनि भाषाका फिल्म प्रदर्शनको एक हप्ता अगाडि नै कागजपत्र पेस गर्नुपर्ने नियमको विरोधमा संघले आन्दोलन घोषणा गरेको हो।  

विकास बोर्डमा भुवन केसी अध्यक्ष भएपछि आएको यो नियमले नेपाली फिल्म निर्मातालाई राहत दिए पनि फिल्म प्रदर्शक र विदेशी फिल्म वितरकलाई भने समस्या परेको छ।  त्यसैले चलचित्र प्रदर्शकहरुको छाता संगठन चलचित्र संघले आफ्नो आन्दोलनको कार्यक्रममा भुवन केसीको राजनीनामा माग पनि राखेको छ। 

चलचित्र संघले आन्दोलन गर्ने भन्ने चर्चा सुरु भएसँगै भुवन केसीले उनीहरुलाई वार्ताका लागि पत्राचार गरेका थिए। तर वार्तामा नगई आन्दोलनका कार्यक्रम घोषणा गरेका चलचित्र संघले कुनै पनि हालतमा वार्तामा नजाने चेतावनी दिँदै बोर्ड खारेजीको माग गरेका छन्।

संघले पुस १२ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ज्ञापनपत्र बुझाउने, पुस १४, १५ र १६ गते हलमा कालोपट्टी बाँधेर काम गर्ने बताएका छन् । यो मितिसम्म पनि माग सम्बोधन नभए हल बन्द गर्ने र बोर्डमा ताला लगाउने चेतावनी दिएका छन्।्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .