गायिका समीक्षा अधिकारी जिम जान थालेकी छन्। केही समय अघिदेखि तनावमा रहेकी समीक्षाले तनाव व्यवस्थापनका लागि जिम जोइन गरेकी हुन्।
समीक्षाले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै जिम जान थालेको जानकारी दिएकी हुन्।
काठमाडौं बसुन्धराको एक जिम सेन्टरमा जोइन भएकी समीक्षालाई प्रशिक्षक रीजोन श्रेष्ठले ट्रेनिङ दिइरहेका छन्। समीक्षाले फेसबुकमा आफ्ना प्रशिक्षकसँगको तस्बिर सेयर गरेकी छन्।
गायिका समीक्षा पछिल्लो समय निकै तनावपूर्ण दिनको सामना गरिरहेको उनी निकटका साथीहरुले बताउने गरेका छन्। समीक्षाको सामाजिक सञ्जालको उपस्थितिले पनि उनी समस्यामा रहेको संकेत दिन्छ।
333
Shares
प्रतिक्रिया