चार वटा फिल्ममा जेम्स बन्डको भूमिका खेलिसकेका अभिनेता डेनियल क्रेगले केही वर्षअघि नै आफू यो भूमिकाबाट निवृत्त भइसकेको घोषणा गरेका थिए।
तर, अन्तिम पटकका लागि भन्दै बन्ड शृंखलाको अर्को फिल्म नो टाइम टु डाइमा उनी फर्किए।
अहिले आएर उनले आफू जेम्स बनडको भूमिकामा फर्किनुको रहस्य खुलासा गरेका छन्।
‘यदि मैले स्पेक्ट्रमै यो भूमिका छोडेको भए मेरो दिमागमा अझै एउटा फिल्म खेल्न पाए हुने भन्ने लागिरहने थियो,’ उनले भनेका छन्, ‘स्पेक्ट्र मेरो अन्तिम फिल्म हो भनेर मैले सोचेको थिइनँ।’
नो टाइम टु डाइमा रामी मलिक, लिया सेडक्स, क्रिस्टोफर वाल्जसमेतको अभिनय छ भने यो फिल्मको निर्देशन क्यारी फुकुनागाले गर्दैछन्। आगामी अप्रिलमा रिलिज हुने छ। एजेन्सी
3
Shares
प्रतिक्रिया