फिल्मका चकलेटी हिरो आर्यन सिग्देल ‘डिसेम्बर फल्स’ मार्फत पर्दामा फर्किने तयारीमा छन्।
प्रेमीका रुपमा चलेका आर्यन यो फिल्ममा पनि प्रेमिल भूमिकामै देखिने छन्। उपासना सिंह ठकुरीले फिल्ममा आर्यनलाई प्रेमीकाका रुपमा साथ दिएकी छिन्।
पहिलो पटक आर्यन र उपासनाले स्क्रिन शेयर गरेको फिल्म ‘डिसेम्बर फल्स’ पुस १५ बाट प्रदर्शन हुने तयारीमा छ। फिल्मको एक रोमान्टिक गीतको छायांकन यसैसाता सम्पन्न भएको छ। ‘चार घण्टा कुरेको’ बोलको गीतका लागि खिचिएको उपासना र आर्यनको रोमान्टिक तस्बिर सार्वजनिक भएको छ।
भक्तपुर दरबार स्क्वायरमा छायांकन गरिएको गीतमा कोरियोग्राफर रामजी लामीछानेले आर्यन र उपासनालाई निक्कै रोमान्टिक शैलीमा प्रस्तुत गरेका छन्। छायांकन गरिएको उक्त गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ। गीतमा निशान भट्टराई र मेलिना राईको स्वर सुन्न सकिन्छ।
प्रवीण ओझाले निर्देशन गरेको फिल्ममा महेश आर गुप्ताको छायांकन रहेको छ। फिल्ममा रामप्रसाद रिजालले लगानी गरेका छन्। फिल्ममा आर्यन र उपासनाका साथमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारले अभिनय गरेका छन्।
बिपीका खनालको कथा रहेको फिल्ममा केदार भुसाल र प्रतिक पौडेलको पटकथा तथा सम्बाद रहेको छ। फिल्मको दृष्य बनिष शाहले सम्पादन गरेका हुन्।
Shares
प्रतिक्रिया