ad ad

कला


प्रियंकाले २२ वर्षअघि जितेको मिस वर्ल्ड उपाधि विवादमा, मिलेमतोमा दिइएको आरोप (भिडिओ)

प्रियंकाले २२ वर्षअघि जितेको मिस वर्ल्ड उपाधि विवादमा, मिलेमतोमा दिइएको आरोप (भिडिओ)

फाइल फाेटाे : प्रियंका चोपडा र उनले पाएको मिस वर्ल्ड उपाधि मिलेमतोमा दिइएको आरोप लगाउने लिलानी


नेपालखबर
कात्तिक १९, २०७९ शनिबार १९:१५, काठमाडौँ

बलिउड एवं हलिउड अभिनेत्री प्रियंका चोपडाले पाएको मिस वर्ल्ड उपाधि २२ वर्षपछि विवादमा तानिएको छ। 

प्रियंकाले सन् २००० मा जितेको मिस वर्ल्डको उपाधि मिलेमतोमा दिलाइएको आरोप लागेको हो। 

हिन्दुस्तान टाइम्सका अनुसार प्रियंकाविरुद्ध पूर्वमिस बार्बाडोस तथा युट्युबर लिलानीले त्यस्तो आरोप लगाएकी हुन्। जो त्यतिबेला मिस वर्ल्ड प्रतियोगितामा प्रियंकाको प्रतिस्पर्धी थिइन्। 

लिलानीले भिडिओ सन्देश जारी गर्दै प्रतियोगितामा पक्षपात भएको र प्रियंकालाई विशेष अधिकार दिइएको दाबी गरेकी हुन्। 
अहिले अमेरिकामा मिस यूएसए विवादमा छ। सौन्दर्य प्रतियोगिता मिलेमतोमा हुने चर्चा चलेसँगै लिलानीले पनि आफ्नो अनुभव सार्वजनिक गरेकी हुन्। 

उनले भनेकी छन्, ‘मिस वर्ल्डमा मैले पनि यस्तै अवस्था भोगेँ। म मिस बार्बाडोस थिएँ, जुन वर्ष मिस इन्डियाले उपाधि जितेकी थिइन्। त्यतिबेला प्रायोजक पनि भारतीय नै थिए। प्रियंका एक मात्र प्रतिस्पर्धी थिइन् जसलाई सारोङ (कम्मरमा बाँधिने स्कार्फजस्तै एक लुगा) लगाउन अनुमति पाएकी थिइन्। छाला गोरो बनाउन कुनै क्रिम लगाएका कारण सारोङ बाँधेको जवाफ उनले दिएकी थिइन्। यसकारण उनले स्विमसुट राउन्डमा सारोङ लगाएकी थिइन्।’ 

उनी यत्तिमा रोकिएकी छैनन्। अगाडि भनेकी छन्, ‘सबै प्रतिस्पर्धीलाई एकै ठाउँमा आएर खाना खाने व्यवस्था थियो। तर प्रियंकालाई आफ्नै कोठामा खाना पुर्याइन्थ्यो। उनले जित्नुभन्दा अगाडि नै समुद्र किनारमा फोटोसुट गरेकी थिइन्।’

ड्रेस डिजाइनरले प्रियंकाको नापकै ड्रेस डिजाइन गरेको तर अन्य प्रतिस्पर्धीको ड्रेस फिट नभएको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .